१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा दमक नगरपालिका-९ घर भएका २२ वर्षीय पर्वत भट्टराई रहेका छन्।

बुधबार प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। उनलाई प्रहरीले नियमित गस्तीको क्रममा पक्राउ गरी सोधपुछ गरेको थियो।

भट्टराईका अनुसार त्यस क्रममा उनी लागुऔषध तथा चोरी मुद्दा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। जेन-जी आन्दोलनका क्रममा उनी २४ भदौमा कारागारबाट भागेका थिए।

पक्राउ परेका भट्टराईलाई प्रहरीले केन्द्रीय कारागार सुन्धारामा पठाएको छ।