२० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नवगठित नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

विभिन्न १० वटा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो।

साविक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १० वटा वाम दल र समूहहरूको एकताबाट यो नयाँ पार्टी गठन गरिएको हो। नवगठित पार्टीले आफ्नो चुनाव चिह्न पाँचकुने तारा रहने निर्णय गरेको छ।

पार्टीले दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्र समेत संलग्न गर्दै दर्ता निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने तयारी अघि बढाएको छ।  निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।