काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ‘ट्रफी टुर’ गरेको छ।

सुदूरपश्चिम रोयल्सले आफ्ना समर्थकका साथ सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टुर गरेको हो। दुई दिन चलेको ट्रफी टुरको पहिलो दिन खड्क चोकबाट सुरु भई चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा-चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो।

दोस्रो दिन शनिबार बिहान ट्रफीलाई धनगढीस्थित सिद्धार्थ बैंकबाट टुर सुरु गरियो। त्यसपछि चौराह चोक हुँदै कभर्डहल पुगेर अत्तरिया चोकमा प्रदर्शन गरी भएको थियो। शुक्रबार धनगढीबाट नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ट्रफी अनावरण गरेका थिए।

ट्रफी टुरमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमटा, ब्रान्ड एम्बेसडर दीपक विष्ट तथा खेलाडीहरू नरेन साउद, इशान पाण्डे र विनोद भण्डारी सहभागी थिए। ट्रफी टुरका क्रममा कलाकार चक्र भाम र डीएनएक्सले अफिसियल एन्थम र फ्यान एन्थमको प्रस्तुति पनि दिएका थिए।