काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २०.५६ अंकले घटेर दुई हजार ५४४.५९ को बिन्दुमा कायम भएको छ।
आज ३२१ कम्पनीका ८४ लाख चार हजार ६१६ कित्ता सेयर ६६ हजार ८२४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११.६७ को कारोबार भएको छ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक अरू सबै समूहको उपसूचक घटेका छन्। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको रु ४० करोड ३४ लाख तीन हजार ५४२.६० बराबरको र सेयर संख्याका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको दुई लाख ९४ हजार ७९६ कित्ता सेयर किनबेच भएको छ।