२७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले गत २४ भदौको आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर राख्ने कमलामाई नगरपालिका ४, सिन्धुलीका कुमार पाख्रिनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश मोना सिंहको एकल इजलासले बिहीबार पाख्रिनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। गत २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बौद्धमा आगजनी गरेर प्रहरीको पेस्तोल लुकाएका पाख्रिनलाई कारागार पठाउने आदेश भएको हो।

पाख्रिनले बयानमा प्रहरी वृत्त बौद्धबाट सुन्दर तामाङले पेस्तोल लुटेको र छसाङ तामाङले दुई हजार रुपैयाँमा किनेको र आफूले राखेको बयान दिएका छन्। उनलाई प्रहरीले २ कात्तिकमा पक्राउ गरेको थियो।