काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

३० कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन्।

आइतबार भएको सेमिफाइनलमा लालीगुराँसले काँक्रेविहार युथ क्लबलाई २-० ले हरायो। विजयी टोलीका मुकुन्दकुमार निउरे र राम थापाले गोल गरे। निउरे प्लेयर अफ दी म्याच घोषित भए।

अर्को सेमिफाइनलमा चित्लाङले नव जनजागृति युवा क्लबलाई सडनडेथमा ९-८ ले हरायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको पहिलो ५ पेनाल्टी सुट आउटमा ४-४ को बराबरी भएको हो। नव जनजागृतिको १०औँ पेनाल्टी असफल भएको थियो भने चित्लाङले सफलता पाएको थियो।

चित्लाङका गोलरक्षक विशाल केसी प्लेयर अफ द म्याच घोषित भए। उपाधि भिडन्त २ मंसिरमा हुनेछ। उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्। सेमिफाइनल प्रवेश गर्ने चार टोली राष्ट्रिय लिगमा प्रवेश गरेका छन्।