काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

श्रद्धाञ्जली दिन अमिताभ बच्चन पनि शवदाह गृह पुगे

८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बलिउड अभिनेता धर्मेन्द्रको परिवार सोमबार मुम्बईको विले पार्ले शवदाह गृहमा पुगेको छ।

फिल्मफेयरका अनुसार हेमा मालिनी र उनकी छोरी ईशा देओल शवदाह गृह पुगेका छन्। अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन पनि मुम्बईको विले पार्ले शवदाह गृह पुगेका छन्।

उनीहरूबाहेक अभिनेता आमिर खान पनि आइपुगेका छन्। यद्यपि, मृत्युको आधिकारिक पुष्टि हुन बाँकी रहेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ।

धर्मेन्द्र लामो समयदेखि बिरामी थिए।