काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१० मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

नवलपरासी। जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा निजको मृत्यु भएको हो ।

घरायसी विवादमा छोराले गए राति बुबालाई कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका निजको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।