१४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। अघिल्लो साताभर बढेको सेयर बजार यो साताको पहिलो कारोबार दिन (आइतबार) २६.५१ अंकले घटेको छ। आज ०.९९ प्रतिशतले घटेको सेयर बजार २६४९.५२ विन्दुमा रोकियो। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ४.६७ अंकले घटेर ४५६.९८ विन्दुमा रोकिएको छ।

आज ३४२ कम्पनीको ८४ हजार १५६ पटकको कारोबारमा एक करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर किनबेच भए। जसमा आज सात अर्ब आठ करोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँबराबरको कारोबार भयो।

नेप्सेमा आज दुईवटा समूहको मात्र सूचक बढ्दा बाँकी सबै घटे। आइतबार ४५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घट्यो। साथै एउटा कम्पनीका सेयर मूल्य स्थिर रह्यो।

आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ। आज यस कम्पनीको २३ करोड पाँच लाख ५९ हजार ९४७ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ८५९ रुपैयाँ रह्यो।