काठमाडौँ। गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। ललितपुर महानगरपालिका-३ पुल्चोकका ६० वर्षीय शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
शाक्यलाई बुधबार जावलाखेल भनिमण्डलबाट पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।
कुसुम लामासमेत भएको ठगी, आपराधिक विश्वासघात र राष्ट्र बैंक ऐन २०२८ अन्तर्गतको कसुर अनुसन्धान सिलसिलामा उनलाई पक्राउ गरिएको श्रेष्ठले बताए।
यसअघि उक्त प्रकरणमा प्रहरीले प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचन, सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको थियो।
रेमिट्यान्स कारोबारमा बदमासी गरेको आरोप उनीहरूलाई लागेको छ।