काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१५ भाद्र २०८२
अ+
अ-

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा मेडिकल कलेज धनगढीबाट अनसन सुरु गरेका छन्। निजी मेडिकल कलेजहरूमा एमबीबीएस भर्नामा सिट बढाइएको विरोधमा केसी अनसन बसेका हुन्।

केसीले गेटा मेडिकल कलेजमा आइतबार दिउँसो पत्रकार सम्मेलन गरी अनसन सुरु गरेका हुन्।

चिकित्सा शिक्षा आयोगको २१ औं बैठकले एमबीबीएसमा एक हजार तीन सय ५९ सिट थपेर दुई हजार ६ सय ३५ पुर्‍याएको थियो। बीडीएसतर्फको सिट बढाएर ६ सय २५ पुर्‍याएको थियो। केसीले उक्त निर्णय फिर्ता लिन माग गर्दै आएका थिए। सरकारी कलेजमा सिट बढाउनुपर्नेमा निजीमा बढाइएको भन्दै उनले निर्णय सच्याउन सरकारलाई चेतावनी दिइरहेका थिए।

“उक्त निर्णयको पछाडि निजी मेडिकल कलेज सञ्चालकको आर्थिक स्वार्थ जोडिएको छ। किनकि, निजी मेडिकल कलेज सञ्चाकललाई पोस्न प्रधानमन्त्री स्वयम् नै अग्रसर छन्,” केसीले पत्रकार सम्मेलनमा भने, “सिट संख्या बढ्नुले नेपालको चिकित्सा शिक्षा गुणस्तर खस्किने खतरा बढेको छ।”