काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सुदूरपश्चिम रोयल्स राजधानीमा जारी  दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा  पुगेको छ।

आज सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन पनि उपाधि नजिक पुगेको हो। पराजित विराटनगरले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

आजको खेलपछि विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताए। अस्ती हाम्रो दिन थियो, आज सुदूरको दिन रह्यो।

उनले भने, “ब्याटिङमा हामी चल्न सकेनौँ, त्यसको नतिजा सुदूरपश्चिमको पक्षमा पर्यो।” आजको खेलमा भएका कमीकमजोरी सुधार गरेर अर्काे खेलमा सुधार गर्ने बताए।

यता सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइनले भने यसपटकको उपाधि आफूहरूले जित्ने बताए। उनले भने, “लगातार दोस्रो पटक फाइनल पुगे पनि यसपल्ट उपाधि सुदूरपश्चिमले जित्ने हो।”