काठमाडौं। इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ।
साततले भवनमा मंगलबार दिउँसो आगो लागेको थियो। सहरका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कोंड्रोका अनुसार आगलागी हुँदा केही कर्मचारीहरू मध्याह्नको खाना खाइरहेका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पहिलो तलामा ब्याट्री विष्फोट हुँदा भवनमा आगो सल्किएको अनुमान गरेको छ। आगलागी भएको भवन ड्रोन निर्माण गर्ने एक कम्पनीको भएको बताइएको छ।
राहत तथा उद्धारका लागि फायर ब्रिगेडले २८ वटा सवारी साधन र करिब १०० जना दमकलकर्मी परिचालन गरेको थियो।