काठमाडौँ। चलचित्र बन्ने भिडमा ‘सिन्दुरे जात्रा’ बन्ने भएको छ। निर्देशक सरोज पौडेलले ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन्। यसबारे विस्तृत खुलाइएको छैन।
यो चलचित्रमा कुन-कुन कलाकार रहने भन्नेबारे पनि जानकारी गराइएको छैन। निर्देशक पौडेलले कथा र कलाकारबारे केही समयपछि जानकारी दिने बताएका छन्।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ। सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन्। आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ।