काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान समय आज बिहान ८ बजेका लागि तोकिएको छ ।
मंगलबार बिहान १० बजेपछि मतदान तालिका सर्दै साँझ लाइन बसेका प्रतिनिधिहरू २ घण्टा लाइन बसेपछि मतदान स्थगित भएको थियो । उनीहरू राति मतदान स्थगित भएको सूचनापछि बासस्थल गएका थिए । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने गरी मतदान स्थगित गरिएको नेकपा एमालेले जनाएको छ ।
मतदानका लागि तयार पारिएको विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएपछि मतदान आजलाई सरेको हो ।
याँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।
मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ।