काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

३ पुष २०८२
एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्दै अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल। तस्बिर : केपी शर्मा ओलीको सचिवालय
अ+
अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ भने ३६ मत खसेन। ३६ जना विभिन्न कारण उपस्थित हुन नसकेकोएमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ।

मतदान बुधबार बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको थियो।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको थियो।

मतपरिणाम आजै सार्वजनिक हुनेछ । आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धा गरेका छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।