काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

४ पुष २०८२
रास्वपा केन्द्रीय कार्यालय
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक नामावलीअनुसार सबैभन्दा बढी बागमतीबाट र सबैभन्दा कम कर्णालीबाट रास्वपाको समानुपातिक उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन परेको छ ।

रास्वपाले सार्वजनिक गरेको सूचीमा कोशीका ६०, मधेशका ६१, बागमतीमा ९४, गण्डकीमा ४३, लुम्बिनीमा ४४, कर्णालीमा २१ र सुदूरपश्चिममा ३० जनाले समानुपातिक उम्मेदवार बन्न इच्छा व्यक्त गरेका छन् ।

सात वटै प्रदेशमा प्राप्त नामावली रास्वपाले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।