काठमाडौँ। क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल काराबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा आर्सनलका गोलकिपर केपा अरिजाबालागा नायक बन्दा टोलीले जित सुनिश्चित गर्यो।
खेलका नायक आर्सनलका गोलकिपर केपा अरिजाबालागा बने, जसले निर्णायक पेनाल्टी बचाए। आर्सनल ८-७ ले विजयी भयो।
निर्धारित समयको खेल पनि रोमाञ्चक रहेको थियो। खेलको ८०औं मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स लाक्रोइक्सले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा बल पुगेपछि आर्सनलले अग्रता लिएको थियो। तर इन्जुरी टाइमको पाँचौं मिनेटमा मार्क गुएहीले गोल गर्दै प्यालेसलाई बराबरीमा फर्काए।
निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गयो। सुटआउटमा गोलकिपर अरिजाबालागाले लाक्रोइक्सको निर्णायक पेनाल्टी बचाउँदै आर्सनललाई जित दिलाए।
अब फाइनल पुग्नका लागि आर्सनलले लन्डनकै अर्को टोली चेल्सीको सामना गर्नेछ।