काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ का सुन्दर भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ।

पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यही उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा करेन्ट लागेर घाइते भएका भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो।

घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक यामराज शर्माको नेतृत्वमा पाँचजनाको प्रहरी टोली खटिएको थियो। उनीसँगै माछा मार्न गएका चारजना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पौडेलले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।