काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
hdr
अ+
अ-

काठमाडौँ। लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

आयोगले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम चौथो तहका प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गर्दै विज्ञापन प्रकाशित गरेको हो।

विज्ञापनअनुसार प्राविधिकतर्फ प्राविधिक पदअन्तर्गत असिस्टेन्ट सब–इन्जिनियर (सिभिल), खानेपानी तथा सरसफाइ टेक्निसियन, अमिन, नायब प्राविधिक सहायक (कृषि), नायब पशु सेवा तथा पशु स्वास्थ्य प्राविधिक, अहेव, अनमी लगायतका पदहरू समावेश छन्।

यस्तै, अप्राविधिकतर्फ प्रशासन सहायक, लेखा सहायक तथा सहायक विविध निरीक्षक पदहरूमा कर्मचारी माग गरिएको छ। यी पदहरू पनि समावेशी सिद्धान्तअनुसार विभिन्न समूहमा बाँडफाँट गरिएको आयोगले जनाएको छ।