काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

पर्सा। पर्सा प्रहरीले जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई कैदीलाई पक्राउ गरेको छ।

प्रहरीले गत २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा फरार दुई कैदीलाई मंगलबार पक्राउ गरेर वीरगन्ज कारागारमा बुझाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाका आधारमा केन्द्रीय कारागारबाट भागेका दुई कैदीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले बाराको विश्रामपुरका प्रदेशी भन्ने सुदामा पासवानलाई पक्राउ गरेको हो। उनी केन्द्रीय कारागार कार्यालय काठमाडौँमा कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेका थिए। जेन-जीको प्रदर्शनका क्रममा पासवान फरार भएका थिए।

त्यसैगरी गत २४ भदौमा केन्द्रीय कारागारबाट फरार परवानीपुर गाउँपालिका २‚ बाराका विवेकलाल साह कानुलाई पनि पक्राउ गरेर वीरगन्ज कारागार बुझाइएको छ। साह उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशले ५० हजार रुपैयाँ धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका थिए।