काठमाडौँ। सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ।
यसैक्रममा समितिका संयोजक र सदस्यसहितको टोलीले आज (बुधबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा पुगेको छ। टोलीले रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसहित नेताहरुसँग छलफल र कुराकानी गर्यो। छलफल निर्वाचन‚ जेन-जी आन्दोलन र सरकारले गरिरहेका काम-कारबाहीसँग सम्बन्धित थियो
सरकारी टोलीले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरुसँग छलफल गरेको थियो। अनुगमनका क्रममा आज (बुधबार) यो टोली जनमत, राप्रपा र रास्वपाको कार्यालय पुगेको हो।
हेरौँ रास्वपाको कार्यालयमा पुगेको उच्चस्तरीय राजनीतिक वार्ता समितिको टोलीका थप तस्बिर :
