काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सर्वपक्षीय सरकार गठनको माग गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार १३ बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादीले सुशीला कार्की नेतृत्वको सरकार भंग गर्दै सर्वपक्षीय सरकार गठनको माग गरेको हो।

“वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ,” माओवादीले राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा लेखिएको छ।

२३ र २४ भदौमा भएका गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । साथै संविधानलाई संशोधन गर्नुपर्ने पनि माओवादीको माग छ।

हेर्नुहोस् राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्र :