कुलमानको दाबी- वैकल्पिक शक्तिको एकता हामीले गर्छौं‚ अब देशको भविष्य कोर्न सुरु भयो
काठमाडौँ। उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ।
त्रिपुरेश्वरमा खोलिएको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री कुलमान घिसिङ पनि उपस्थित भए।
केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा उनले वैकल्पिक नयाँ शक्तिलाई एकताबद्ध गराउने नेतृत्व आफूहरूले लिने दाबी गरेका थिए। पार्टीले छोटो समयमै ठूलो संरचना बनाएको र यो कार्यालय उद्घाटनले देशको भविष्य कोर्ने काम सुरु भएको घिसिङको भनाइ छ।
घिसिङसमेत संरक्षक रहेको दाबी गरिएको पार्टी १७ मंसिर २०८२ मा पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा घोषणा भएको थियो।
काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाह‚ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतसँग वैकल्पिक शक्तिहरूको एकताबारे छलफल चलिरहेको छ।
हेर्नुहोस् थप तस्बिर :
