काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
अ+
अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ रंगशालामा गरिएको छ।

यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी भए। समारोहमा १ असार २०८१ देखि ३१ जेठ २०८२ सम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी भए।

यो पनि…

‘विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ’

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। यसमध्ये १६ हजार ३८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :