काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले निर्वाचनमा जान सबै दल तयार रहेको दाबी गरेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आउँदो २१ फागुनका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका हुन्।
आज (शनिबार) प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
यो पनि…
बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने‚ “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ। अरु दल पनि रेडी छन्। सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ।”
बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएको कार्कीको सचिवालयले जनाएको छ।