काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

भक्तपुर। मध्यपुरथिमि नगरपालिका १‚ लोकन्थलीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा चढेकी श्रीमतीको मृत्यु भएको छ भने चालक श्रीमान् सख्त घाइते भएका छन्।

लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना.७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्यांकरले भक्तपुरतर्फ जाँदै गरेको बा.२३प ९२३४ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी ३२ वर्षीया स्वस्तिका ऐर बडालको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक दार्चुलाको नौगाड गाउँपालिका १ घर भई काठमाडौँको कीर्तिपुर बस्दै आएका ३४ वर्षीय करणसिंह बडाल सख्त घाइते भएका छन्। उनको कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नमराज ढुंगानाले जानकारी दिए।

प्रहरीले ट्यांकर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका २१‚ अमलेखगन्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको छ।