काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। सिन्धुली सुनकोसी गाउँपालिका ५‚ बन्दीपुरका २२ वर्षीय युवक जंगलमा गोली लागेको अवस्थामा मृत भेटिएका छन्।

सिन्धुली घ्याङलेख गाउँपालिका १‚ पिउरी खोलाको जंगलमा सोमबार राति १० बजे २२ वर्षीय आशमान तामाङको शव भेटिएको हो। सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार घटनास्थल युवाको घरबाट ३ किलोमिटर दक्षिण पर्छ।

उनका अनुसार उनको पेटमा गोली लागेको देखिएको छ। शवनजिकै एक थान भरुवा बन्दुक भेटिएको छ। “बन्दुकबीच भागमा भाँचिएको अवस्थामा फेला परेको छ, उनले भिरेको झोलामा बारुद, फलाम र सिसाको टुक्रा भेटिएको छ,” सुवेदीले भने।

तामाङ सिकार खेल्न निस्केको प्रारम्भिक अनुसन्धान प्रहरीको छ। बन्दुक पड्काउने क्रममा असावधानीवश: टुक्रिएर गोली आफैँतिर लागेको हुनसक्ने प्रहरीको अनुमान छ। शव सिन्धुली अस्पतालमा पोस्टमार्टम गरिएको छ।