काठमाडौं। रोजगारीका लागि कोरिया जान भाषा पास गरेर बसेका युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन्।
१० हजार भन्दा बढी रोष्टरमा रहेको युवाहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै युवाहरुले ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका छन्। उनीहरुले विभिन्न ९ बुँदे माग राखेका छन्।