काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ भाद्र २०८२
फाइल तस्वीर
अ+
अ-

काठमाडौं। सुनुवाइ समितिको सभापतिका लागि नेपाली कांग्रेसका रामहरि खतिवडाले उम्मेदवारी दर्ता गरेका छन्। बिहीबार कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको प्रस्ताव र एमालेका प्रमुख सचेतक महेश बर्तौलाको समर्थनमा खतिवडाले उम्मेदवारी दिएका हुन्।

यसअघि संघीय निजामति विधेयकमा कुलिङ पिरियड राख्ने सन्दर्भमा समितिको निर्णयविपरीत प्रतिवेदन तयार भएपछि उनी छानबिनमा परेका थिए। छानबिन समितिले खतिवडालाई जिम्मेवार ठहर गरेपछि उनले साउन २८ गते राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको पदबाट राजीनामा दिएका थिए।

सुनुवाइ समितिकी सभापति ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था समितिमा सारिएपछि कांग्रेस र एमालेले खतिवडालाई नयाँ सभापति बनाउने तयारी गरेका हुन्। समितिको शुक्रबार बस्ने बैठकले खतिवडालाई सभापति चयन गर्नेछ।