काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ भाद्र २०८२
अ+
अ-

काठमाडाैं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घट्दै २७१९ विन्दुमा कायम भएको छ।

बिहीबारको कारोबारमा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर किनबेच भएको छ।

बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ वटा कम्पनीको घटेको छ। एक कम्पनीको मूल्य स्थिर रहँदा ३१७ कम्पनीको कारोबारमा ६९ हजार २४ पटक कारोबार भएको हो।

बिहीबार म्युचुअल फण्ड र ट्रेडिङ समूह बाहेक अन्य सबै समूहमा गिरावट देखिएको छ।