काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाका एक प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेका छन्।

बिहीबार साँझ मेटाबाट सिंगापुरस्थित एक प्रतिनिधिले मन्त्रालयलाई आवश्यक कागजातका बारेमा सोधेका हुन्। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, ती व्यक्तिले मन्त्री पृथ्वीसुब्बा गुरूङको सचिवालयमा सम्पर्क गरी सूचीकरणका लागि चाहिने कागजातबारे जानकारी लिएका थिए।

यसअघि बिहीबार मन्त्री गुरूङले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेका थिए। उक्त निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकिएको छ र सेवा प्रदायकहरूलाई बन्द गर्न पत्राचारसमेत गरिएको छ।