काठमाडौँ। तत्कालीन काठमाडौँ नगर पञ्चायत (२०३० साल) का प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको निधन भएको छ।
पक्षाघात भएर लामो समयदेखि घरमै रहेका सिंहको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। उनको पार्थिव शरीरलाई आज (शनिबार) टेकुस्थित जम्बुदीपमा अन्तिम संस्कार गरियो।
उहाँ २०२८ सालमा तत्कालीन वडा ८ (अहिलेको २२) का लागि वडाध्यक्ष पदमा निर्वाचित भएर प्रधानपञ्च हुनुभएको थियो : महर्जन
“साउन २००२ सालमा जन्मिनुभएका सिंह २०२८ सालमा काठमाडौँको तत्कालीन वडा नम्बर ८ (अहिलेको २२) बाट वडाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो‚” वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले भने‚ “त्यसबेला काठमाडौँ नगर पञ्चायतमा २९ वटा वडा थिए। वडाबाट निर्वाचित अध्यक्षबाट प्रधानपञ्च चुन्ने प्रणाली थियो। यही प्रणालीबाट सिंह २०३० सालदेखि २ वर्षका लागि काठमाडौँ नगरपञ्चायतको प्रधानपञ्च हुनुभएको थियो।”
सिंहका श्रीमती‚ एक छोरा र दुई छोरी छन्।
