काठमाडौँ। राष्ट्रिय सभाबाट राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित भएको छ ।
आज राष्ट्रपतिबाट प्राप्त पत्र पढेर र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको छ।
अर्को बैठक आउने शुक्रवार बस्ने छ। भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन नसक्दा संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण गरिएको थियो।