काठमाडौँ। नेपाली कांग्रेसको विवादको विषयसँगै प्रत्यक्ष निर्वाचनको मनोनयन रोक्न माग गर्दै शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दर्ता गराएका छन्।
रिट निवेदनमा मंगलबार प्रारम्भिक सुनुवाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिएका छन्।
देउवासहितले निर्वाचन आयोग, कांग्रेस सभापति गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतलाई विपक्षी बनाउँदै रिट निवेदन दर्ता गराएका हुन्। रिट निवेदकले अवैधानिक रुपमा विशेष महाधिवेशनबाट गठन भएको कार्यसमिति भंग हुनुपर्ने माग गरेका छन्।
६ गतेको प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी रोक्नु, यदि मनोनयन भैसकेको भए स्थथगित गरी अर्को मिति घोषणाको माग गरेका छन्।
साथसाथै निर्वाचन आयोगको गगन थापा समुहलाई दिएको वैधानिकताको निर्णय बदरको माग रिट निवेदनमा गरेका छन्। सोमबार सार्वजनिक विदा भएकाले मंगलबारका लागि सुनुवाई हुनेगरी पेशी तोकिएको छ।