काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

धनुषा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाह जनकपुरमा आयोजना हुने आमसभामा सहभागी हुन आज (आइतबार) साँझ जनकपुर पुगेका छन्।

विमानस्थलमा उनका कार्यकर्ताहरूले केहीबेर नाराबाजीसहित स्वागत गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनी जनकपुरमा भोलि (सोमबार) हुने कार्यक्रममा सम्बोधन गर्नेछन्।

रास्वपाले जनकपुरको तृतीया गाछीमा दिउँसो १ बजे आयोजना गर्ने कार्यक्रममा मधेसका आठवटै जिल्लाका कार्यकर्ताको सहभागिता रहने मञ्च व्यवस्थापक अम्भुप्रसाद साहले जानकारी दिए। अहिले नगरभरी सभाको तयारीका लागि पोस्टरहरू टाँसिएका छन्।