काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
अ+
अ-

सान्टियागो। चिलीका राष्ट्रपति गेब्रियल बोरिकले देशका दुई क्षेत्रमा ‘विपद्को अवस्था’ घोषणा गरेका छन्। यी क्षेत्रमा लागेको डढेलोमा १८ जनाको मृत्यु भएको छ।

राजधानी सान्टियागोबाट लगभग ५०० किलोमिटर दक्षिणमा अवस्थित नुएब्ले र बायोबियो क्षेत्रबाट ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

बोरिकले मृतकको संख्या बढ्ने अनुमान गरिएको बताएका छन्।

चिलीमा लागेको सबैभन्दा खतरनाक डढेलो तटीय सहर कन्सेप्सियनसँग जोडिएको सुक्खा जंगलमा फैलिएको छ। विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार लगभग २५० घर नष्ट भएका छन्।

स्थानीय सञ्चारमाध्यमले सडकमा जलेका कारहरूको तस्बिरहरू देखाएका छन्।

चिलीको वन एजेन्सी कोनाफका अनुसार सबैभन्दा गम्भीर अवस्था नुएब्ले र बायोबियोमा छ। अहिलेसम्म यी दुई क्षेत्रको ८,५०० हेक्टर अर्थात् लगभग २१ हजार एकड क्षेत्रफल आगोको चपेटामा छ। -बीबीसी