काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ मा कविर राणालाई उम्मेदवार बनाएको छ। मंगलबार बिहान बसेको संसदीय बोर्डले राणाको उम्मेदवारी पक्का गरेको प्रवक्ता देवराज चालिसेले बताए।

राणा पार्टीका जिल्ला कार्यसमिति सदस्य तथा पत्रकार हुन्। उनी देशान्तर साप्ताहिकका सम्पादक हुन्। सभापति गगन थापाले यसअघि उक्त क्षेत्रबाट निर्वाचित भएका दुर्लभ थापाको उम्मेदवारी खोसेका छन्। जिल्ला सभापति थापाले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पराजित गरेका थिए।

बस्नेतलाई यसपालि नेकपा एमालेले सोही ठाउँमा उम्मेदवार बनाएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले राजीव खत्रीलाई उठाएको छ।