काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन्। उनी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही ४ जान लागेका हुन्।
नयाँ बानेश्वरमा शनिबार आयोजित सर्लाही ४ का युवासँगको अन्तर्क्रियामा उनले आफू उम्मेदवारका रूपमा जिल्ला जान लागेको जानकारी दिए।

सर्लाही ४ का युवाको भरोसामै आफूले जीवनकै ठुलो राजनीतिक निर्णय गरेको उनको भनाइ छ। उनले युवालाई निर्वाचनका बेला सर्लाही पुगेर घरघरमा सन्देश पुर्याउन आग्रहसमेत गरे। सभापति थापाले भने‚ “तपाईंहरूको भर परेर म सर्लाही ४ बाट निर्वाचन लड्न आएको हुँ।”