काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

अध्यक्ष हर्क साम्पाङले दिए सदस्यता

१३ माघ २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले ढाकाकुमारलाई सदस्यता दिएर भित्र्याएका छन्। “ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौँ है त‚” सामाजिक सञ्जालमा हर्कले लेखेका छन्।

रास्वपाबाट समानुपातिक सांसद बनेका ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ ‘कोर टिम’ लाई चाहिएको भन्दै मागेको अडियो सार्वजनिक भए पनि उनी कारबाहीमा परेका थिए।