काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

१३ माघ २०८२
अ+
अ-

उलानबटोर। मंगोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) का कारण १३ जनाको मृत्यु भएको छ।

त्यहाँको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले मंगलबार विज्ञप्तिमार्फत जनाएअनुसार मृत्यु भएका अधिकांशले मदिरा सेवन गरेका थिए।

जनवरीको मध्यदेखि रूसको साइबेरियामा उत्पत्ति भएको चिसो हावा मंगोलियाका ठुलो भागमा फैलिएपछि तापक्रम पनि घटेको छ।

२१ जनवरीमा मंगोलियाको मौसम विज्ञान विभागका अनुसार उत्तरी मंगोलियन प्रान्त सेलेन्जको प्रशासनिक उपविभाग एरु सोममा रातको तापक्रम माइनस ४५.२ डिग्री सेल्सियसमा झरेको जनाइएको छ।

मंगोलियामा चिसो तथा जाडो लामो समयसम्म रहने र तापक्रम माइनस २५ डिग्री र माइनस ४५ डिग्री सेल्सियसको बीचमा हुने जनाइएको छ। -रासस/सिन्ह्वा