काठमाडौँ। सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। “विद्युतीय अपराधसम्बन्धी कसुरअन्तर्गत उहाँलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ।”
सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली-गलौज गरेको आरोप छ।
महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कारबाही गरिदिन भन्दै ८ माघमा प्रहरीलाई पत्र पठाएको थियो। तथ्यहीन भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि उनीविरुद्धको अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक भट्टराईले बताए।