काठमाडौँ। नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ।
अनुगमनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई रु ५१ हजार जरिवाना गरेको छ।
विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुगमन गरेको थियो। अनमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।