काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

१२ असार २०८३
अ+
अ-

काठमाडौँ। मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’लाई प्रदान गर्ने भएको छ।

इलामको सूर्योदय नगरपालिका ११, केराबारीमा जन्मिएका अनुसन्धानकर्ता राईकृत मदन भण्डारीको जीवनीमा आधारित ‘श्वेतशार्दूल’लाई दुई लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कार्यवाहक सचिव भेषराज अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यही १४ असारमा भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पुरस्कार वितरण गरिने फाउन्डेसनले जनाएको छ।