काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना भएका छन्।

त्यसमध्ये कूल १६ वटा आगलागीका घटना भएका छन्। यस्तै, चार वटा जनावर आक्रमणका घटना भए। प्राधिकरणका अनुसार, विपद्मा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भए।

यस्तै, विपदका कारण रु २५ लाख ६४ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे।

अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ। प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी, चितवन र दैलेखमा भने जनावरका घटना घटे।

प्राधिकरणले सुक्खा मौसममा आगलागीका घटनामा वृद्धि हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।