काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
अ+
अ-

काठमाडौं। चीनको जनमुक्ति सेनामा तीन वर्षयता यस्तो परिवर्तन देखिएको छ, जुन देशको इतिहासमा कहिल्यै देखिएको थिएन ।

सन् २०२३ को सुरुआतमै चीनसँग कम्तीमा ३० जना जनरल र एडमिरलहरू थिए, जसले विभिन्न विशेष विभाग र थिएटर कमान्डहरूको नेतृत्व गरिरहेका थिए ।

न्युयोर्क टाइम्सका अनुसार, तीमध्ये लगभग सबैलाई या बर्खास्त गरिएको छ अथवा उनीहरू अचानक बेपत्ता भएका छन् । अहिले सातजना जनरलहरू मात्र सक्रिय देखिएका छन् ।

आधुनिक चीनको इतिहासमा यति ठूलो सैन्य उथलपुथल पहिले कहिल्यै देखिएको थिएन । अमेरिकी गुप्तचर एजेन्सीका विज्ञहरूका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नै सैन्य नेतृत्वमाथि आवश्यकताभन्दा बढी शंका गर्न थालेका छन् ।

सन् २०१६ मा सी चिनफिङले चीनको सैन्य संरचनामा आमूल परिवर्तन गर्दै ७ सैन्य क्षेत्रलाई हटाएर पाँचवटा ‘थिएटर कमान्ड’मा विभाजन गरेका थिए । यसको उद्देश्य युद्धको स्थितिमा स्थल, जल, वायु र मिसाइल फोर्सले एकीकृत रूपमा काम गरुन् भन्ने थियो ।

यो अभियानमा विशेष गरी साउदर्न, वेस्टर्न र नर्दन थिएटर कमान्डका अधिकांश उच्च अधिकारीहरू हटाइएका छन् ।

सी चिनफिङ आफैँ अध्यक्ष रहेको यस शक्तिशाली कमिसनमा सन् २०२२ मा उनले आफैँले नियुक्त गरेका ६ मध्ये पाँचजना जनरल अहिले बर्खास्त भइसकेका छन् । हाल त्यहाँ केवल जनरल झाङ शेङमिन मात्र बाँकी छन्, जसले सीको सैन्य ‘सफाई’ अभियानको निगरानी गरिरहेका छन् ।

गत महिना सीले ‘सेन्ट्रल मिलिटरी कमिसन’बाट भाइस चेयरम्यान झाङ युक्सिया र टप कमान्डर जनरल लियु झेनलीलाई एकैसाथ हटाएपछि विश्वभर चर्चा चुलिएको छ ।

जनरल झाङले नै सन् २०२३ मा सीलाई तेस्रोपटक राष्ट्रपति बन्न महत्वपूर्ण सहयोग गरेका थिए । उनीमाथि पार्टीभित्र छुट्टै गुट बनाएको र फुट ल्याउन खोजेको आरोप लगाइएको छ । विज्ञहरूका अनुसार झाङ निकै शक्तिशाली बन्दै गएकाले उनलाई हटाइएको हो ।

चिनियाँ सैन्य अखबारले भने यो कदमले केही समयका लागि समस्या आए पनि अन्ततः सेना अझ बलियो भएर हुने दाबी गरेको छ ।