काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहोर फाल्नेलाई कारबाही गरिने भएको छ।

यसका लागि महानगर प्रहरीले आउने शनिबारदेखि गस्ती गर्नेछ। नदी र नदीकिनारमा कसैले फोहोर फालेको भेटिए कारबाही गर्ने महानगरले जनाएको छ।

काठमाडौँ ११‚ थापाथलीमा भएको बागमती सफाइ अभियानकर्मीको बैठकमा वडाध्यक्ष हीरालाल तण्डुकारले यसबारे जानकारी दिए। विगत १३ वर्षदेखि बागमती तथा उपत्यकाका अन्य नदी एवं खोला तथा सार्वजनिक स्थान‚ चक्रपथ‚ नेपालका पूर्वदेखि पश्चिम‚ हिमाल‚ पहाड‚ तराईका स्थानमा सरसफाइ अभियान चलिरहेको छ। अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको अभियानकर्मी किशोरसिंह शाहीले बताए।

फोहोर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रूपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ। फोहोर व्यवस्थापनसम्बन्धी नियम कानुन बने पनि त्यसको कार्यान्वयन गर्ने निकायले बेवास्ता गरेकाले यसतर्फ ध्यान दिनुपर्ने सफाइ महाअभियान एवं उपत्यकाका सरसफाइ अभियानकर्मीको भनाइ छ।