काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

२३ माघ २०८२
तस्बिर : कुलमान घिसिङको सचिवालय
अ+
अ-

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण मात्र नभई काम गर्नेलाई जिताउन मतदातासँग आग्रह गरेका छन्।

शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकन गर्न पुगेका अध्यक्ष घिसिङले आफू काम गरेर आएको पात्र भएकाले भोट दिएर मौका दिन आग्रह गरेका हुन्।

अध्यक्ष घिसिङले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू काम गर्न इच्छुक रहेको रहेको दाबी गर्दै भने- “पुराना राजनीतिक शक्तिहरूले कामभन्दा बढी भाषण गरे। जनताको हितका लागि काम गर्न युवा नेतृत्व आवश्यक छ।”

घिसिङले गुणस्तरीय शिक्षा, कृषि क्रान्ति, सिँचाइ, विद्युतीकरण जस्ता पूर्वाधारमा आफ्नो पार्टीले काम गर्ने दाबी गर्दै देशको अर्थतन्त्र उकास्ने योजना आफूसँग रहेको बताए।