काठमाडौं। नयाँ बानेश्वरमा जारी जेन जी आन्दोलनको क्रममा घाइते भएकालाई लिन पुगेको एम्बुलेन्समा तोडफोड भएको छ।
प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीलाई लिन पुगेको ना.अ.प.अ ११९ नम्बरको एम्बुलेन्समा तोडफोड भएको हो।
सिभिल अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीका अनुसार आन्दोलनका क्रममा गोली लागेर घाइते भएका एक जनाको मृत्यु भइसकेको छ।
अस्पतालका अनुसार घटनामा घाइते भएका ७०–८० जना प्रदर्शनकारीको उपचार भइरहेको छ।
अहिले घटनास्थल र अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थित छ।