काठमाडौं। नागरिकले तिरेको करको दुरुपयोग र भ्रष्टाचारका विरुद्धमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि सरकारले समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।
समितिलाई छानबिनका लागि १५ दिनको म्याद दिइएको छ। समितिको मोडालिटी भने तय हुन बाँकी छ।
यस्तै मन्त्रिपरिषद्ले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
यसैगरी सामाजिक सञ्जाल खुलाउने विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको संयन्त्रमा छलफल गर्ने निर्णय पनि गरेको छ। सामाजिक सञ्जाल खोल्ने विषयमा प्रधानमन्त्री र स्वास्थमन्त्री प्रदीप पौडेलबीच चर्काचर्की परेको पनि एक मन्त्रीले जानकारी दिए।